नेपालकै सर्वाधिक राशीको फुटसल उपाधि नजिक मेन्टेन एफसी र ढुकु हब

पाेखरा | असोज २९, २०८०

नेपालकै सर्वाधिक राशीको फुटसल उपाधि नजिक मेन्टेन एफसी र ढुकु हब

पोखरा:   पोखरामा जारी नेपालकै सर्वाधिक पुरस्कार राशीको ‘दोस्रो खुला फुटसल’ प्रतियोगितामा मेन्टेन एफसी र काठमाडौंको ढुकु हब फाइनल प्रवेश गरेका छन् ।   


नेपालकै सर्वाधिक पुरस्कार राशीको ‘दोस्रो खुला फुटसल’ प्रतियोगितामा मेन्टेन एफसी र ढुकु एफसीले फाइनलमा भेट पक्का गरेका हुन् ।


राजन एण्ड द ब्रदर्शको आयोजनामा पोखरा रंगशालास्थित कभर्ड हलमा जारी खुला फुटसल प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा मेन्टेन एफसीले आयोजक राजन एण्ड द ब्रदर्श टीम ‘बि’लाई १–० गोलले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । 


निकै प्रतिस्पर्धात्मक भएको खेलमा मेन्टेनको जितमा जेनिश प्रजापतिले निर्णायक गोल गरेका थिए । 


यस्तै दोस्रो सेमिफाइनलमा खेलमा काठमाडौंको ढुकु फुटसल हबले सविन मेमोरियललाई ३–१ गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । 


ढुकुको जितमा अमित लामा, अभय राणा र बिक्रान्त लामाले समान १/१ गोल गरे । भने सबिन मेमोरियल लागि विजय श्रेष्ठले सान्त्वना गोल गरे ।


मेन्टेन एफसी र काठमाडौंको ढुकु फुटसल हबले पोखरा रंगशालाको कभर्ड हलमा बिहान ११ बजे उपाधिका लागि प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । 


प्रतियोगिताको विजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ५ लाख प्रदान गरिने प्रतियोगिता संयोजक आशिष क्षेत्रीले जानकारी दिए  । उनका अनुसार उपविजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ३ लाख प्रदान गरिनेछ । यस्तै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीलाई ५० हजार र ट्रफिले पुरस्कृत गरिनेछ भने उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई पनि नगद राशीद्वारा पुरस्कृत गरिनेछ । 


आगामी ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा देशभरबाट कुल १४ टिमको सहभागिता रहेको छ ।


 

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्

पोखरा ।  जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अप्रेसन ३६५’ अभियानअन्तर्गत विभिन्न स्थानबाट थप ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।   जिल्ला प्रहरी कार्यालय कास्कीका अ...

थप पढ्नुहोस्